यस्तो छ फिल्म ‘रिमै’ को शीर्ष गीत

हिमाल प्रेस २८ साउन २०८२ १७:०२ | Wednesday, August 13, 2025
यस्तो छ फिल्म ‘रिमै’ को शीर्ष गीत

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ शीर्ष गीत सार्वजनिक भएको छ। गीत बुधबार ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो।

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा रिता केसी र अंशु लामा (अ‌ंश बहादुर गुरुङ) को स्वर छ। गुरुङ परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङको अभिनय छ।

उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म आगामी भदौ २० देखि प्रर्दशन हुनेछ। फिल्ममा कलाकार कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङ र बाल-कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायत छन्।

फिल्मको निर्मातामा टिका गुरुङ, जीत यात्री गुरुङ र दुन बहादुर घले छन्। गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुति रहेको फिल्म रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।

शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्म दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादनमा बनेको छ।

प्रकाशित: २८ साउन २०८२ १७:०२ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast