नीताकाे ‘पार्वती’ मा जोडिइन् दीपाश्री

हिमाल प्रेस २८ साउन २०८२ १२:०३
18
SHARES
नीताकाे ‘पार्वती’ मा जोडिइन् दीपाश्री

काठमाडौँ- फिल्म ‘पार्वती’ मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन्। फिल्मकी अभिनेत्री तथा निर्देशक नीता ढुंगाना अधिकारीले दीपाश्रीसँग मंगलबार कागजी सम्झौता गरेको बताइन्।

‘हामीबीच मौखिक रुपमा सल्लाह भइरहेको थियो। मंगलबार फाइनल हुनु भएको छ। यो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठुलो कुरा हो,’ भनिन्।

फिल्ममा जोडिएपछि दीपाश्रीले १२ वर्षअघि नीतासँगको सहकार्यलाई सम्झिइन्। ‘आजभन्दा १२ वर्षअघि २०७० सालमा ‘छ एकान छ’ मा हामीलाई हेल्प गरेकी थियौँ। १२ वर्षपछि खोलो फर्कियो भने जस्तै मलाई अनुबन्ध गराएकी छौँ ‘पार्वती’मा।’ उनले नीतालाई सम्बोधन गर्दै भनिन्, ‘अहिले साउनको महिना, शिव पार्वती जोडिएको महिना र पार्वती जस्तो फिल्ममा लिड रोलमा मौका पाए। धन्यवाद छ मलाई सम्झेकोमा।’

दीपाश्री छक्का पञ्जा टिमकी सफल निर्देशक तथा अभिनेत्री हुन्। उनले निर्देशन गरेका अधिकांश फिल्म सफल छन्। यसअघि फिल्ममा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिसकेका छन्।।

फिल्म आगामी असोजदेखि छायांकन सुरु गर्ने टिमको तयारी छ। फिल्ममा नीता स्वंय मुख्य भूमिकामा देखिनेछन्। नीताकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गर्नेछन्।

नीताले पहिलोपटक फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत निर्माणमा होमिएकी थिइन्। यस पटक भने ‘पार्वती’ र ‘सुख–दुःख’ निर्देशन गर्न होमिएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast