बागमतीका मुख्यमन्त्री बानियाँले मागे प्रतिपक्षी दलसँग विश्वासको मत

हिमाल प्रेस २७ साउन २०८२ १७:४९ | Tuesday, August 12, 2025
बागमतीका मुख्यमन्त्री बानियाँले मागे प्रतिपक्षी दलसँग विश्वासको मत

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रतिपक्ष दलसँग विश्वासको मत मागेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उनले विश्वासको मत मागेका हुन्।

प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गरेका छन्।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

प्रकाशित: २७ साउन २०८२ १७:४९ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast