काठमाडौँ- ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन्।
विजेता भएसँगै सोनालीले १० लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरिन्। उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए ।
कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे। कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए।
                            प्रकाशित: २५ साउन  २०८२ ७:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             

