कति छ डलरको भाउ?

हिमाल प्रेस २५ साउन २०८२ ७:११ | Sunday, August 10, 2025
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् हिजो जुन मूल्यमा खरिदबिक्री भएको थियो, आज पनि सबैजसो विदेशी मुद्रा सोही मूल्यमा किनबेच हुनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

आज युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा छ। आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा छ। कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०१ पैसा छ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८३ पैसा छ।

प्रकाशित: २५ साउन २०८२ ७:११ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast