
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।
स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ भने केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ । सबै बैठक ११ बजे सुरु हुनेछ ।
प्रकाशित: २४ साउन २०८२ ११:१७
प्रतिक्रिया