शिक्षक कार्यसम्पादन मूल्यांकनको अंक ८० प्रतिशत

हिमाल प्रेस २२ साउन २०८२ १५:४४
264
SHARES
शिक्षक कार्यसम्पादन मूल्यांकनको अंक ८० प्रतिशत

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा शिक्षकको कार्यसम्पादन मूल्यांकन सम्बन्धी प्रावधानमा परिवर्तन गर्दै न्यूनतम औसत अंक घटाउने प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको संशोधन प्रस्तावमा यस्तो व्यवस्था समावेश गरिएको हो।

प्रस्ताव अनुसार शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्ला पाँच वर्षको औसत मूल्यांकन अंक न्यूनतम ८० प्रतिशत हुनु पर्नेछ। यसअघि भने शिक्षकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा कम्तीमा ९० प्रतिशत अंक हुनुपर्ने प्रावधान थियो।

शिक्षक संगठनहरूले अघिल्लो व्यवस्था व्यवहारिक नहुने भन्दै आलोचना गर्दै आएका थिए। मूल्यांकन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र व्यावहारिकता कायम राख्ने उद्देश्यले संशोधन गरिएको समितिले जनाएको छ।

समितिमा प्रस्तावित यो नयाँ व्यवस्थामाथि छलफल जारी छ र अन्तिम निर्णयमा पुग्न थप सुझाव संकलन गरिँदैछ।

प्रकाशित: २२ साउन २०८२ १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast