खेतमा पानी लगाउदा करेन्ट लागेर महिलाको मृत्यु

हिमाल प्रेस २१ साउन २०८२ ९:५०
6
SHARES
खेतमा पानी लगाउदा करेन्ट लागेर महिलाको मृत्यु सांकेतिक तस्बिर

काठमाडौँ- झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गएराति महिलाको मृत्यु भएको छ।

गौरादह नगरपालिका ४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घरनजिकै रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको हो।

प्रकाशित: २१ साउन २०८२ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast