
काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकले लामो समयदेखि उठाउँदै आएको आवधिक बढुवाको माग पूरा नहुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा शिक्षकको बढुवा कार्य सम्पादन मूल्यांकनका आधारमा मात्रै हुने विषयमा सहमति जुटेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिक समितिका सभापति अम्मरबहादुर थापाले बताएका हुन्।
उनले हिमालप्रेससँगको कुराकानीमा भने, ‘सामुदायिक विद्यालयका शिक्षकको आवधिक बढुवाको विषय हटिसक्यो। कार्यसम्पादन मूल्याकंनका आधारमा मात्रै बढुवा हुने व्यवस्था राख्न सहमति कायम भएको छ।’
प्रकाशित: १९ साउन २०८२ १२:४५
प्रतिक्रिया