
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री ओलीले आइतबारदेखि हुन लागेको आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
आइतबारदेखि हुन लागेको तुर्कमेनिस्तान भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
साउन २३ सम्म हुने तुर्कमेनिस्तान भ्रमणका लागि उनी आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन्।
भूपरिवेष्ठित विकाशशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन्।
प्रकाशित: १७ साउन २०८२ १७:५२
प्रतिक्रिया