मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजकबीच भेट

हिमाल प्रेस १५ साउन २०८२ १८:१० | Thursday, July 31, 2025
मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजकबीच भेट

काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकसित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले भेट गरेकी छन्। बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाबिच भेटवार्ता भएको हो।

भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चाँसो व्यक्त गरेकी थिइन्। उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन्।

मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पु¥याउन सक्रिय रहेको बताए। उनले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे।

प्रकाशित: १५ साउन २०८२ १८:१० | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast