शिक्षा विधेयक : राजनीतिक संयन्त्रको बैठक नै अनिश्चित

हिमाल प्रेस १५ साउन २०८२ १०:४१ | Thursday, July 31, 2025
शिक्षा विधेयक : राजनीतिक संयन्त्रको बैठक नै अनिश्चित अम्मरबहादुर थापा। तस्बिर : हिमालप्रेस

काठमाडौँ- विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन गठित सात सदस्यीय राजनीतिक संयन्त्रको बैठक अनिश्चित बनेको छ। बुधबार (साउन १४ गते) बिहान बस्ने भनिएको बैठक अन्तिम समयमा आएर बस्न नसकेको हो।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाका अनुसार संयन्त्रको बैठक आज बस्ने सम्भावना रहेको छ। ‘संयन्त्रको बैठक सम्भवतः आज बस्छ कि!’ सभापति थापाले हिमालप्रेससँग भने।

उक्त संयन्त्रमा शिक्षा समितिका सात जना सदस्यहरू दलगत प्रतिनिधित्वका आधारमा सहभागी हुने व्यवस्था गरिएको छ। संयन्त्रको बैठक नबसी विधेयकको अन्तिम मस्यौदा र प्रतिनिधिसभामा पेस गर्ने मितिबारे स्पष्टता आउन सकेको छैन।

सभापति थापाले शिक्षा विधेयक यही साउन १९ गतेभित्र प्रतिनिधिसभामा पेस गरिने बताएका छन् भने सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने साउन ३० गतेभित्र पेस गरिने दाबी गरेका छन्। यद्यपि, राजनीतिक संयन्त्रले सहमति नजुटाएसम्म विधेयकको प्रक्रिया अघि बढ्न कठिन देखिएको छ।

शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघले राखेका केही मागहरूमा अझै सहमति जुट्न सकेको छैन। राजनीतिक संयन्त्रमा सहमति जुटाएपछि मात्रै शिक्षा समितिको औपचारिक बैठक बोलाइने र त्यसपछि विधेयक अघि बढाइने तयारी छ।

यो पनि

कांग्रेस प्रमुख सचेतक भन्छन्- साउन ३० गतेभित्र शिक्षा विधेयक संसद्‌मा पेस हुन्छ

प्रकाशित: १५ साउन २०८२ १०:४१ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast