‘अभिमन्यु’ को दुई पोस्टर सार्वजनिक

हिमाल प्रेस १२ साउन २०८२ १६:२२ | Monday, July 28, 2025
‘अभिमन्यु’ को दुई पोस्टर सार्वजनिक

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत सोमबार फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा फिल्मका मुख्य पात्रहरूको चरित्रलाई उजागर गरेको छ। पहिलो पोस्टरमा मुख्य कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देबालाई खुसी मुद्रामा प्रस्तुत गरिएको छ। कुनै मन्दिरमा उनीहरू दियो बालिरहेका छन्।

अर्कोमा कथाका मुख्य पात्रहरू छन्, जसमा कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, किरण श्रेष्ठलगायत तनावग्रस्त मुद्रामा देखिएका छन्। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म सुशान्त गौतमले निर्देशन गरेका छन्।

फिल्म पैसाको प्रलोभनले एउटा जटिल चक्रव्यूहमा फस्ने र त्यसबाट उम्कन प्रयास गर्ने एक व्यक्तिको कथामा आधारित रहेको टिमको दाबी छ।  विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको फिल्म यही भदौ २७ मा प्रदर्शन हुनेछ।

प्रकाशित: १२ साउन २०८२ १६:२२ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast