आमाको नामबाट मात्र नागरिकता दिने व्यवस्थाप्रति झलनाथको आपत्ति

हिमाल प्रेस ११ साउन २०८२ ७:४७ | Sunday, July 27, 2025
आमाको नामबाट मात्र नागरिकता दिने व्यवस्थाप्रति झलनाथको आपत्ति फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आमाको नाम मात्रै राखेर नागरिकता दिने व्यवस्था गरिएको विषयमा पनि आपत्ति जनाए।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिब ४० हजार मानिसलाई नागरिकता दिनु रहेको उनको भनाइ थियो।

उनले नेपाल—भारतबीच सुपुर्दगी सन्धि हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन्।

नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताउँदै यसबारे सरकारसँग जबाफ मागेका हुन्।

‘अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धि नेपाल र भारतका बीचमा हुँदैछ। सुपुर्दगी सन्धि गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धि गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ। यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ। कोशी उच्चबाँधको कुरा आइरहेको छ। यो कुरा कसरी आउँदैछ भन्ने कुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ। नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ। नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन?,’ उनले भने।

उनले यी विषयहरू नेपालको राष्ट्रिय हितमा छ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताए।

‘हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता गर्‍यौं। पछि टनकपुर सम्झौता गर्‍यौं, ती कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन्। यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ज्ञारेन्टी गर्ने कुरालाई ध्यानमा राखेर मात्रै कुनै पनि ठूला उच्च बाँधहरु बाँधिनुपर्छ,’ उनले भने।

प्रकाशित: ११ साउन २०८२ ७:४७ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast