एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस ११ साउन २०८२ ७:३० | Sunday, July 27, 2025
एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- काभ्रेमा एकै परिवारका तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना घाइते छन्।

आइतबार पनौती नगरपालिका-३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मोटरसाइकल सडकबाट अन्दाजी ६ मिटर तल खस्दा पनौती ५ निवासी ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइक चालक सुजनाका पति ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बिएन्स थापा घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएकी सुजनालाई उपचारको लागि शिर मेमोरियल लगिएको थियो। उपचारको क्रममा डाक्टरले उनलाई मृत मृत्यु घोषणा गरेका प्रहरीले जनाएको छ।

उक्त शव पोस्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ। घाइते बावुछोराको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ साउन २०८२ ७:३० | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast