सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

हिमाल प्रेस १० साउन २०८२ १३:०९
22
SHARES
सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु फाइल तस्बिर पशु सेवा विभाग।

सुनसरी- जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको संक्रमण बढेको छ।

इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको संक्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए ।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा संक्रमण देखिएको उनले बताए । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको संक्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए ।

प्रकाशित: १० साउन २०८२ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast