सरकारी छाप किर्ते गरेको आरोपमा मालपोतका अधिकृतसहित दुई जना पक्राउ

हिमाल प्रेस ९ साउन २०८२ २१:२३ | Friday, July 25, 2025
सरकारी छाप किर्ते गरेको आरोपमा मालपोतका अधिकृतसहित दुई जना पक्राउ

बुटवल — नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनी सहित जिल्ला मालपोत कार्यालय भैरहवाका सहयोगी सञ्जयकुमार केवटलाई शुक्रबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले पुरानो कित्ता जग्गा प्रकरणसँग सम्बन्धित मुद्दामा दुवैलाई पक्राउ गरिएको बताए। घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बुटवल र भैरहवामा भएको किर्ते घटना फरक–फरक भएको प्रहरीले स्पष्ट पारेको छ।

घटनामा संलग्न केही अन्य मालपोत कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ। अहिले कुन स्थानको कुन कित्ता जग्गा किर्ते गरिएको भन्ने विषयमा अनुसन्धान जारी रहेकाले विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।

प्रारम्भिक सूचनाका आधारमा, उनीहरूले सरकारी जग्गाको नक्कली लालपुर्जा तयार गरी ठूलो रकम लिई वितरण गर्दै आएका थिए। घटनाको प्रकृति गम्भीर रहेको र विस्तृत अनुसन्धानपश्चात थप संलग्न व्यक्तिहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: ९ साउन २०८२ २१:२३ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast