रास्वपाको इटहरी नगर अधिवेशन स्थगित गर्न उच्च अदालतको अन्तरिम आदेश

हिमाल प्रेस ७ साउन २०८२ २१:२० | Wednesday, July 23, 2025
रास्वपाको इटहरी नगर अधिवेशन स्थगित गर्न उच्च अदालतको अन्तरिम आदेश

इटहरी – इटहरी उपमहानगरपालिकामा साउन १० गतेका लागि तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन उच्च अदालत विराटनगरले स्थगित गर्न अन्तरिम आदेश दिएको छ।

पार्टीका निलम्बित नगर अध्यक्ष विष्णुबहादुर बस्नेतको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतका न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले आगामी साउन १० गतेका लागि तोकिएको अधिवेशन ‘नगर्नू नगराउनू’ भनी अन्तरिम आदेश जारी गरेको हो।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते बस्नेतलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो। यो निर्णयविरुद्ध बस्नेतले अदालतमा रिट दायर गरेका थिए।

अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने टुंगो दुवै पक्षको सुनुवाइपछि मात्र लगाउनुपर्ने देखिएको भन्दै साउन १२ गतेका लागि अर्को पेशी तोकेको छ।

प्रकाशित: ७ साउन २०८२ २१:२० | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast