कति छ आज विदेशी डलरको भाउ?

हिमाल प्रेस ७ साउन २०८२ ६:५३
6
SHARES
कति छ आज विदेशी डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा थियो।

आज युरो एकको खरिददर १६१ रुपैयाँ ३० र बिक्रीदर १६२ रुपैयाँ छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ६७ र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा थियो।

आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८५ र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ५३ र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ५५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४५३ रुपैयाँ ०४ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३७ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ०५ पैसा थियो।

प्रकाशित: ७ साउन २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast