‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्धित

हिमाल प्रेस ६ साउन २०८२ १३:१९ | Tuesday, July 22, 2025
‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्धित

काठमाडौँ- निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ मा कलाकार सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो।

सिमरनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्। त्यो उनको डेब्यु फिल्म हो। फिल्म हेरेपछि उनको अभिनयको चर्चा चलेको थियो। अधिकांशले उनको प्रशंसा पनि गरेका थिए। ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हुनेछ।

यसअघि फिल्ममा अभिनेत्री विपना थापा, अभिनेता पल शाह तेलुगु, हिन्दी र तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

अभिनेता रावत यसअघि चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा देखिएका थिए। उनले फिल्ममा अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिकामा अभिनय गरेका थिए। नयाँ फिल्ममा उनले पल शाहको बुबामा देखिनेछन्।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बन्ने फिल्म आगामी भदौदेखि छायांकन सुरू हुनेछ। फिल्म आगामी फागुन १५ मा प्रदर्शनमा गर्ने टिमको पूर्वतयारी छ।

प्रकाशित: ६ साउन २०८२ १३:१९ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast