नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाँदै

हिमाल प्रेस २ साउन २०८२ १९:२५ | Friday, July 18, 2025
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाँदै

काठमाडौँ– आइसीसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानको अनुसार शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सहयोग गरेको हो।

शिविरमा सहभागी हुने खेलाडीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह र विवेककुमार यादव छन्। त्यसैगरी रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन्।

अन्य खेलाडीले नेपालमै नियमित प्रशिक्षण गर्ने जनाइएको छ।

प्रकाशित: २ साउन २०८२ १९:२५ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast