पूजा महतोको कप्तानीमा नेपालले एसिया कप राइजिङ स्टार्स खेल्ने

हिमाल प्रेस १७ माघ २०८२ ९:४७ | Saturday, January 31, 2026
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप राइजिङ स्टार्स खेल्ने

काठमाडौँ- एसीसी एसिया कप राइजिङ स्टार्स महिला २०२६ मा नेपाली क्रिकेट टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छिन्। नियमित कप्तान इन्दु बर्मा ह्यामिस्ट्रङ चोटका कारण मैदान बाहिर रहेपछि पूजाले कप्तानको जिम्मेवारी पाएकी हुन्। आईसीसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत गत साता स्कटल्याण्ड विरुद्धको अन्तिम खेलका दौरान इन्दु घाइते भएकी थिइन्। उनले ८ साता आराम गर्नुपर्ने भएको छ।

पूजा राष्ट्रिय टोलीकी नियमित उप कप्तान हुन् । उनको कप्तानीमा नेपाली महिला यु १९ विश्व कप खेलेको थियो। पूजाको नेतृत्वमा नेपाली टोलीले फागुन १ देखि १० (फेब्रुअरी १३(२२) हुने राइजिङ स्टार्समा प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा ८ टोलीकक सहभागिता रहनेछ। जसमा ओडीआई मान्यता प्राप्त ४ राष्ट्रका ‘ए’ टोली र एसियाका शीर्ष ४ एसोसिएट राष्ट्रका टोली रहनेछन्। एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा हुने राइजिङ स्टार्सको समूह ‘ए’ मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्।

बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया समूह ‘बी’ मा छन्। राउन्ड रोबिन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। नेपालले फागुन १ गते पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै नेपालले फागुन ३ गते यूएई र ५ गते भारत ‘ए’ सँग खेल्नेछ।

प्रकाशित: १७ माघ २०८२ ९:४७ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast