शिक्षा ऐनका नाममा पठनपाठन रोक्दै शिक्षक र विद्यार्थी संगठन

हिमाल प्रेस २ साउन २०८२ ११:१८ | Friday, July 18, 2025
शिक्षा ऐनका नाममा पठनपाठन रोक्दै शिक्षक र विद्यार्थी संगठन

काठमाडौँ- विद्यार्थी र शिक्षक संगठनहरूले आह्वान गरेको शैक्षिक हडतालका कारण आज देशभर विद्यालयमा आंशिक असर परेको छ। केही विद्यालय खुलेका भए पनि उपत्यकाभित्रका ठूला विद्यालयहरू अधिकांश बन्द छन्।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठनले शैक्षिक हडतालको आह्वान गरेका हुन्।

दुबै संगठनले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक गर्दै देशव्यापी हडतालको सूचना दिएका थिए। जसले विद्यालयमा अन्योल र त्रास देखिएको छ।

विद्यालय सञ्चालकका अनुसार हडतालको डरले पठनपाठन बन्द गर्नुपरेको हो। बारम्बार हुने हडताल र बन्दको कारण विद्यार्थीको सिकाइ अधिकार खोसिएको भन्दै बाल अधिकार क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाहरूले आपत्ति जनाएका छन्।

अघिल्ला वर्षहरूमा आलोचना र जनआक्रोशका कारण यस्ता गतिविधि केही समय रोकिए पनि फेरि शैक्षिक हडताल भएको छ।

यस्तै, अखिल क्रान्तिकारीले गरेको विद्यालय बन्दप्रति सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले असन्तुष्टि जनाएको छ।

विद्यालय शिक्षा विधेयक जारी गर्न दबाब स्वरूप क्रान्तिकारीले आह्वान गरेको संस्थागत विद्यालय बन्दप्रति नेविसंघले असन्तुष्टि जनाउँदै जनतालाई दुःख दिने काम नगर्न अनुरोध गरेको हो।

प्रकाशित: २ साउन २०८२ ११:१८ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast