इलामबाट सुरू भयो ‘मैझारो’ को छायांकन

हिमाल प्रेस १ साउन २०८२ ११:०२
22
SHARES
इलामबाट सुरू भयो ‘मैझारो’ को छायांकन

काठमाडौँ- नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट फिल्म ‘मैझारो’को छायांकन सुरू भएको छ। अभिनेता विल्सन विक्रम राई ‘तक्मेबुढा’ को डेब्यु निर्देशनमा बन्न लागेको फिल्मकाे बिहीबारदेखि छायांकन सुरू गरिएकाे हाे।

इलाम र पाँचथरका विभिन्न स्थानमा फिल्मको छायांकन गरिने टिमको तयारी छ। फिल्म सौरभ लामाले छायांकन गर्नेछन्। फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित रहेको निर्देशक राईले बताए। फिल्मको कथा र पटकथा राई स्वयंले लेखेकका हुन्।

अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर फिल्मको मुख्य भूमिकामा देखिनेछन्। सहायक कलाकारमा दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरीको अभिनय रहनेछ। फिल्म ‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast