‘म फूल हुँ कि काँडा’ मा महिलाकाे परिहनमा नाजिरको नृत्य

हिमाल प्रेस ३२ असार २०८२ १३:२७ | Wednesday, July 16, 2025
‘म फूल हुँ कि काँडा’ मा महिलाकाे परिहनमा नाजिरको नृत्य

jकाठमाडौँ- फिल्म ‘गुन्याे चोलोः द ड्रेस’ को ‘म फूल हुँ कि काँडा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन महिलाको पहिरनमा नृत्य गरेका छन्। उनी पारलैंगिक महिला (ट्रान्सवुमन) को अवतारमा देखिएका छन्। गीतमा आफूभित्रको प्रेमिल मन र माया भएकाे भाव व्यक्त गरिएको छ। मनिसा पोखरेलको स्वर रहेको गीत लेखु सहयात्रीले लेखेका हुन्। गीतकार लेखुले नै संगीत भरेका छन्।

समुन्द्र भट्ट निर्देशित फिल्म आगामी भदौ १३ मा प्रदर्शन हुनेछ। फिल्मको लागि नाजिरले आफ्नो १६ केजी तौल घटाएको बताएका छन्।

फिल्मको कथा लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रमा आधारित छ।  फिल्मको पटकथा तथा संवाद निर्देशक भट्ट र नाजिर हुसेनले तयार पारेका हुन्।

फिल्ममा नाजिरसहित सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बनेकाे छ।

यस्ताे छ गीत

प्रकाशित: ३२ असार २०८२ १३:२७ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast