कति छ तरकारीको मूल्य?

हिमाल प्रेस ३२ असार २०८२ ८:३२ | Wednesday, July 16, 2025
कति छ तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज भिन्डी, बोडी, आलु, करेलासहितका तरकारीको मूल्य केही घटेको छ। तर, डल्ले च्याउको मूल्य भने किलोमा ५० रुपैयाँ बढेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ३९, रातो आलु ४३, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ८५, बन्दा २६, स्थानीय काउली ५२, हाइब्रिड सेतो मुला २१, लाम्चो भन्टा ३१, डल्ले भन्टा ४३, तने बोडी १८, मकै बोडी ४७ रुपैयाँ प्रतिकिलो छ।

करेला १८, तराईको परबल ३१, घिरौँला ३५, झिँगुनी ४४, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी २८, कन्य च्याउ १३५, डल्ले च्याउ ४२५, ब्रोकाउली ६५, न्युरो ८५ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २९, टनेलको गोलभेँडा ४२, रातो आलु ४४, सुकेको भारतीय प्याज ४५, लोकल गाँजर ८७, बन्दा ३१, स्थानीय काउली ५५, हाइब्रिड सेतो मुला २२, लाम्चो भन्टा ३०, डल्ले भन्टा ४५, तने बोडी २१, मकै बोडी ४९ रुपैयाँ प्रतिकिलो थियो।

करेला २२, तराईको परबल ३५, घिरौँला ३१, झिँगुनी ५०, हरियो फर्सी डल्लो ३२, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३७५, ब्रोकाउली ६५, न्युरो ९० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ३२ असार २०८२ ८:३२ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast