सुर्खेत- कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले संसद र सञ्चार क्षेत्रले मात्र समृद्ध समाज निर्माणमा योगदान पुर्याउन सक्ने बताएकी छन्। मंगलबार प्रदेश सभामा आयोजित ’कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘संसद्को बहस, जनप्रतिनिधिका विचार तथा दृष्टिकोणलाई जनतासम्म पुर्याउने माध्यम भनेकै सञ्चार माध्यम हो,’ उनले भनिन्, ‘सञ्चार क्षेत्रलाई प्रदेश सभा र नागरिकलाई जोड्ने पुलका रूपमा हेरिनु पर्दछ।’
संघीय व्यवस्थालाई सुदृढ र बलियो बनाउन संसद् र सञ्चार क्षेत्रबिच सहकार्य अपरिहार्य रहेको जानकारी दिइन्।
प्रकाशित: ३१ असार २०८२ १९:५२ | Tuesday, July 15, 2025
प्रतिक्रिया





