‘अभिमन्यु’ काे पाेस्टर : कारागार अगाडि किन चिच्याए कामेश्वर?

हिमाल प्रेस ३० असार २०८२ १५:४४ | Monday, July 14, 2025
‘अभिमन्यु’ काे पाेस्टर : कारागार अगाडि किन चिच्याए कामेश्वर?

काठमाडौँ- फिल्म ‘अभिमन्यु’ मा अभिनीत अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याइरहेको देख्न सकिन्छ। पोस्टरले उनी किन चिच्याए त? भन्ने काैतुहलता पैदा गरेकाे छ।

फिल्म पैसाको प्रलोभनले चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा बनेको टिमले जनाएको छ। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। मुकेश खनालले कथा लेखेका छन्।

फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारको अभिनय छ। शरद महतोले छायांकन गरेको फिल्म मदन घिमिरेको सम्पादनमा बनेको छ।

ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरीकाे निर्माणमा बनेको हाे। फिल्म आगामी भदौ २७ मा प्रदर्शन हुनेछ। हिन्दी भाषामा पनि प्रदर्शन गर्ने टिमको तयारी छ। हिन्दी भर्सनमा असोज ६ देखि प्रदर्शन गर्ने टिमले जनाएको छ।

प्रकाशित: ३० असार २०८२ १५:४४ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast