विद्यार्थी सम्झना साहको शल्यक्रियाका लागि आर्थिक सहयोग हस्तान्तरण

हिमाल प्रेस ३० असार २०८२ १५:०८ | Monday, July 14, 2025
विद्यार्थी सम्झना साहको शल्यक्रियाका लागि आर्थिक सहयोग हस्तान्तरण

चन्द्रपुर- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चन्द्रपुरमा अध्ययनरत विद्यार्थी सम्झना साहको कानको सघन शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग आज विद्यालयमा हस्तान्तरण गरिएको छ।

उक्त सहयोग चन्द्रपुर नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालको अग्रसरता तथा शिक्षा शाखा प्रमुख दीपेन्द्र कुमार मण्डलको विशेष पहलमा भएको विद्यालयले जनाएको छ।

विद्यालयको समन्वय र पहलमा सम्पन्न उक्त सहयाेगप्रति विद्यालय परिवारले कृतज्ञता प्रकट गरेको छ। विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का पदाधिकारीहरू, शिक्षकहरू तथा विद्यार्थीहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

विद्यालय परिवारले विद्यार्थी सम्झना साहको शीघ्र स्वास्थ्यलाभ र शल्यक्रियाको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गर्दै आवश्यक सहयोगका निम्ति सरोकारवालालाई धन्यवाद दिएको छ।

प्रकाशित: ३० असार २०८२ १५:०८ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast