प्रधानमन्त्रीको स्पेन भ्रमण टोलीको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ३० असार २०८२ १२:१८ | Monday, July 14, 2025
प्रधानमन्त्रीको स्पेन भ्रमण टोलीको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री रमेश लेखक/फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागीको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को को गए? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु।’

मन्त्री लेखकले भने,‘जानका लागि भिजिट भिषाको प्रवन्ध कस्ले गर्‍यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।’

उक्त विषयको गहन छानविनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ। ‘यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिने छ।’ उनले भने। प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा जाएका थिए।

प्रकाशित: ३० असार २०८२ १२:१८ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast