यी स्थानमा आज वर्षा र बाढीको सम्भावना [तालिकासहित]

हिमाल प्रेस ३० असार २०८२ ९:५८
16
SHARES
यी स्थानमा आज वर्षा र बाढीको सम्भावना [तालिकासहित] नेपालको रसुवा जिल्लामा आएको बाढीपछि हराएकाको खोज तथा उद्धारमा खटिएका उद्धारकर्मीहरू। लगातारको वर्षाका कारण आएको बाढीमा परी नौजनाको निधन भएको छ भने ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन्। तस्बिर : एपी/रासस

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान छ ।

इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान छ।

प्रकाशित: ३० असार २०८२ ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast