मधेश प्रदेश बजेट विवाद : छानबिन समितिमा नबस्ने सभामुख मण्डलको घोषणा

हिमाल प्रेस २८ असार २०८२ १६:४२
12
SHARES
मधेश प्रदेश बजेट विवाद : छानबिन समितिमा नबस्ने सभामुख मण्डलको घोषणा

काठमाडौँ– मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेटमाथि छानबिनका लागि गठन भएको कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गरेका छन्।

शनिबार बसेको मधेश प्रदेशसभा बैठकमा कार्यदलका विषयमा लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका हुन्।

सभामुख मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेशसभामा अवरोध गरेका थिए।

अवरोधपछि सभामुख मण्डलले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफुसँग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताए।

प्रतिपक्षीको अवरोधका बाबजुद सभामुख मण्डलले सभा अघि बढाउन खोजेपछि प्रतिपक्षी दलका सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए। त्यसपछि उनले सभा स्थगित गरे। बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केही दिनअघि प्रदेशसभाले ६ सदस्यीय कार्यदल गठन गरेको थियो।

प्रकाशित: २८ असार २०८२ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast