जनसांख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक : मन्त्री पौडेल

हिमाल प्रेस २७ असार २०८२ १६:१६
12
SHARES
जनसांख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक : मन्त्री पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसंख्या वृद्धिदर घट्दै गएको, युवा जन जनसंख्याको लाभांश प्रयोग गर्न नसकिएको र विभिन्न जनसांख्किीय चुनौती देखिएका भन्दै राष्ट्रिय जनसंख्या नीति–२०८२ मार्फत समाधानको बाटो सुरु गरिएको बताएका छन्।

विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिकीकरण कार्यक्रममा मन्त्री पौडेलले यो नीति केवल जनसंख्याको संख्यासँग मात्र नभई जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग जोडिएको बताए।

‘विभिन्न पक्षलाई समेटेर यो नीति आएको हो,’ मन्त्री पौडेलले भने, ‘जनसाङ्ख्यिक अवस्था ऋणात्मक दिशातर्फ जाँदैछ। त्यसैले प्रजनन अधिकारलाई सुरक्षित गर्दै सन्तुलित जनसंख्या संरचना कायम गर्न यो नीति प्रेरित गरिएको हो।’

तीनै तहका सरकारमार्फत नीति कार्यान्वयन गरेर प्रभावकारी कार्यक्रम सञ्चालन हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे।

जनसंख्याको बनावट, वितरण र संरचनासँग जोडिएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्न सबैलाई एकजुट हुन आह्वान गरे।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या व्यवस्थापन महाशाखाका सहसचिव ढुण्डिप्रसाद निरौलाले नीति कसलाई, कहिले, के सेवा दिने र सक्षम जनसंख्याको उपयोग कसरी गरेर समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने पक्षसँग जोडिएको जानकारी दिए।

प्रकाशित: २७ असार २०८२ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast