पाँच किलो अफिमसहित एक जना पक्राउ

हिमाल प्रेस २६ असार २०८२ १८:२७ | Thursday, July 10, 2025
पाँच किलो अफिमसहित एक जना पक्राउ

सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

भेरीगंगा नगरपालिका–१० स्थित छिन्चुबाट ५ किलो ४ सय ५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले अफिमको कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै निरन्तर निगरानी र अनुसन्धानपछि ठूलो परिमाणमा अफिम बरामद गर्न सफल भएको बताए।

अफिम ओसारपसार गर्ने व्यक्ति पक्राउ परे पनि मुख्य व्यक्ति भने फरार रहेको एसपी शाहीले जानकारी दिए।

पक्राउ परेका बस्नेतले आफैँले अफिम खेती गरी बिक्रीवितरण गर्ने गरेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धानका क्रममा बरामद अफिमको प्रारम्भिक मूल्य प्रतिकेजीको १ लाख ६० हजार रुपैयाँ पर्ने गरेको बताएको छ।

पछिल्लो तीन महिनामा लागुऔषधसम्बन्धी कसुरमा ४४ जना पक्राउ परेका छन्।

प्रकाशित: २६ असार २०८२ १८:२७ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast