 
                             
                                            काठमाडौँ- गायकगायिका विष्णु माझी र खेम सेञ्चरीको स्वरमा ‘जति तिमी टाढा हुन्छौं’ बोलको लाेकदाेहाेरी गीत सार्वजनिक भएको छ। रेड एप्पल मिडिया नामक युट्युब च्यानलबाट गीत बुधबार सार्वजनिक गरिएको हो।
युवराज खनालको शब्द रहेको गीतमा पुरूषोत्तम पौडेलले संगीत भरेका छन्। गीतमा विनोद बाजुरेलीको संगीत संयोजन र शिव पौडेलको ‘हुकलाइन’ छ।
एकअर्काबाट टाडिएका दुई प्रेमीको कथा समेटिएको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीले अभिनय गरेका छन्। पतिपत्निको भूमिकामा देखिएका शिल्पा गाउँमा छिन्। विक्रम परदेसिएका छन्। उनीहरूकै दुरीलाई भिडियोमा कैद गरिएको छ।
करण चैसिरको कोरियोग्राफी गरेको भिडियो विनोद भण्डारीको निर्देशन र शिव पौडेलको सम्पादनमा बनेको छ।
यस्तो छ गीतको भिडियो
                            प्रकाशित: २५ असार  २०८२ १५:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’ [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/bishnumajhi-teej-song.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 