सिजी मोटर्स र टीटी ईभी रिभोलुशनद्वारा इभी चालकहरूलाई ट्राफिक सचेतना र प्रविधिमैत्री तालिम

हिमाल प्रेस २५ असार २०८२ १२:३८
8
SHARES
सिजी मोटर्स र टीटी ईभी रिभोलुशनद्वारा इभी चालकहरूलाई ट्राफिक सचेतना र प्रविधिमैत्री तालिम

काठमाडौँ- विद्युतीय सवारी चालकहरूलाई लक्षित गर्दै सिजी मोटर्स र टीटी ईभी रिभोलुशनको संयुक्त आयोजनामा प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम शनिबार पोखराको सिटी स्क्वायर बैंक्वेट, न्युरोडमा भव्य रूपमा सम्पन्न भएको छ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा चालकहरूलाई प्रविधिमैत्री तालिम, ट्राफिक नियमको जानकारी तथा सुरक्षा उपायहरू सम्बन्धमा प्रशिक्षण दिइयो। साथै, ईभी सवारी साधनको रेंज, ब्याट्री जीवन, मर्मतसम्भारका उपाय र दिगो प्रयोग सम्बन्धी सुझावहरू समेत प्रदान गरिएको थियो।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्य र समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा सो कार्यालयका प्रमुख इन्स्पेक्टर शोभा पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

त्यसैगरी, सिजी मोटर्सका अफ्टर-सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुशनका म्यानेजर श्रीधर पराजुली साथै गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू समेतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा २०० भन्दा बढी व्यावसायिक चालकहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको उपस्थिति र उत्साहले यो कार्यक्रम सडक सुरक्षामा योगदान पुर्‍याउने, बिक्रीपछिको सेवामा गुणस्तर अभिवृद्धि गर्ने र जिम्मेवार चालक व्यवहार प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरको रूपमा स्थापित भएको आयोजक पक्षले जनाएको छ।

सिजी मोटर्स र टीटी ईभी रिभोलुशनले सम्पूर्ण सहभागी, प्रशिक्षक, सहकार्यकर्ता तथा साझेदारहरूप्रति कार्यक्रम सफल बनाउन दिएको अमूल्य योगदानको लागि आभार प्रकट गरेका छन्।

प्रकाशित: २५ असार २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast