‘माग्ने राजा’ को डान्सिङ गीत ‘त्यो मिठो जोवन’

हिमाल प्रेस २५ असार २०८२ १०:४५
24
SHARES
‘माग्ने राजा’ को डान्सिङ गीत ‘त्यो मिठो जोवन’

काठमाडौँ- फिल्म ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक भएको छ। डान्सिङ गीत दीपक शर्माको शब्द र संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वरमा बनेको छ।

गीतकाे भिडियोमा फिल्मको मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा शिवाकोटीको डान्स देख्न सकिन्छ।  कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो मित्र डी गुरुङले सम्पादन गरेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्म मधुसुदन शर्माले निर्माण गरेका हुन्।

फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैँलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने निर्देशक लामिछानेले बताए।

प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका छन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता मुनाल घिमिरे हुन्।

फिल्ममा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी मिस पबीको अभिनय छ। अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिकामा देखिने टिमले बताएको छ।

फिल्म नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवादमा दीपक शर्मा र बाबुल गिरीको संगीतमा बनेको छ। फिल्म आगामी भदौ ७ मा देशभर प्रदर्शन हुनेछ।

 

प्रकाशित: २५ असार २०८२ १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast