ट्रम्प-मस्क विवाद : ‘अमेरिका पार्टी’ घोषणापछि पूर्वसहयोगीबीच तनाव चुलियो

हिमाल प्रेस २३ असार २०८२ १३:०७
16
SHARES
ट्रम्प-मस्क विवाद : ‘अमेरिका पार्टी’ घोषणापछि पूर्वसहयोगीबीच तनाव चुलियो एलन मस्क र डोनाल्ड ट्रम्प। फाइल तस्बिर : एपी

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्बपति एलन मस्कबीच विवाद चुलिएको छ। मस्कले आइतबार नयाँ दल ‘अमेरिका पार्टी’ गठन गरेपछि दुईबीच विवाद बढेको हो। ट्रम्पले मस्कको कदमलाई ‘ट्रेन दुर्घटना’ भनेपछि पूर्वसहयोगीसँगको विवाद थप चर्किएको छ। मस्कले वैकल्पिक राजनीतिक आन्दोलन स्थापना गर्ने घोषणा गरेपछि उनीहरूको सम्बन्ध झनै बिग्रिएको छ।

ट्रम्प र मस्कबीच २०२४ को राष्ट्रपति निर्वाचनमा राजनीतिक सहकार्य विकसित भएको थिय। टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी मस्कले छोटो समयका लागि ह्वाइट हाउसका सल्लाहकारको भूमिका निर्वाह गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो।

मस्कले ट्रम्पको एउटा प्रमुख कानुनलाई कडा रूपमा आलोचना गरेका छन्। जसमा राष्ट्रपति ट्रम्पले गत साता हस्ताक्षर गरेका थिए। उनले यो कानुनले आगामी दशकमा अमेरिकी ऋणमा तीन ट्रिलियन डलरभन्दा बढी थप्निने भन्दै ट्रम्प प्रशासनमाथि देशलाई गरिब बनाउन खोजेको आरोप लगाएका छन्।

मस्कले नयाँ तेस्रो राजनीतिक दल गठन गर्ने घोषणा गरे पनि आफैँ चुनाव लड्ने हुन् कि होइनन् भन्ने स्पष्ट पारेका छैनन्, न त पार्टीको विस्तृत योजना नै खुलाएका छन्। तर उनले उक्त दलले केही का‌ग्रेस सदस्यका निर्वाचनमा ध्यान केन्द्रित गर्न सक्ने संकेत दिए। अब आगामी वर्ष हुने मध्यावधि चुनावमा त्यो दलले रिपब्लिकन पार्टीको मत काट्न सक्ने अनुमान गरिएको छ।

आइतबार साँझ मस्कको घोषणापछि ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्दै आक्रोश प्रकट गरेका छन्। उनले भनेका छन्, ‘एलन मस्कलाई पूर्ण रूपमा ‘रेलबाट झरेको’ र विगत पाँच हप्तामा साँच्चिकै ‘ट्रेन दुर्घटना’ बन्न पुगेको छ।’ ट्रम्पले अमेरिकामा तेस्रो पार्टीले कहिल्यै सफलता नपाएका बताए।

राष्ट्रपतिका तर्फबाट पहिल्यै मस्कको नयाँ राजनीतिक दल बनाउने योजनालाई उपहास गरिएको थियो।

‘हामीसँग रिपब्लिकन पार्टीसँग ठूलो सफलता छ। डेमोक्रेटहरूले आफ्नो बाटो गुमाइसकेका छन्, तर सधैँ दुई पार्टीको प्रणाली हुँदै आएको छ। म सोच्दछु तेस्रो पार्टी सुरु गर्नुले मात्र भ्रम बढाउँछ’, ट्रम्पले सञ्चारकर्मीसँग भने। उनले मस्कको कदम हास्यास्पद रहेको बताए।

मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ‘अमेरिका पार्टी’ गठन गर्ने आफ्नो इच्छा व्यक्त गर्दै भनेका थिए, ‘एक-पार्टी प्रणालीलाई चुनौती दिन आवश्यक छ, जसले अमेरिकी लोकतन्त्रलाई कमजोर पारिरहेको छ।’

प्रकाशित: २३ असार २०८२ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast