पूर्वपश्चिम राजमार्गको विनयी खोलाको बन्यो नयाँ पक्की पुल, आजदेखि सञ्चालन

हिमाल प्रेस १९ असार २०८२ १५:१६
12
SHARES
पूर्वपश्चिम राजमार्गको विनयी खोलाको बन्यो नयाँ  पक्की पुल, आजदेखि  सञ्चालन

बुटवल – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण भएको नयाँ पक्की सडक पुल बिहीबारदेखि सञ्चालनमा आएको छ।

पक्की पुल ६ महिनाअघि भाँचिएपछि नयाँ पुल बनाएर यातायात सञ्चालन गरिएको हो।

गत पुस ६ गते दुम्किबास स्थित विनयी खोलामा पुल भत्किएपछि खोलाबाट डाईभर्सन गरि यातायात चलाउनुपरेको थियो।

डाईभर्सन पटक पटक खोलाले बगाएपछि पूर्व पश्चिमको यात्रा निकै कष्टकर बन्दै आएकोमा अब सहज हुनेछ।

नयाँ पुल सञ्चालनमा आएकाले अब सडक अबरूद्व नहुने बुटवल–नारायणगढ सडक आयोजनाले जनाएको छ।

प्रकाशित: १९ असार २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast