गृहमन्त्रीको प्रस्ताव : प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँ

हिमाल प्रेस १५ असार २०८२ १४:५५
86
SHARES
गृहमन्त्रीको प्रस्ताव : प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँ

काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताए।

‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘प्रहरीका ती कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेकोछु। प्रहरीको ठूलो संख्या जवान, हवल्दारलगायत हुनुहुन्छ। सबैभन्दा ज्यादा सडकमा १२ देखि १६ घण्टा डियुटी गर्ने तह त्यो भएको हुनाले ‘प्यारामिटर’ नै त्यही जगमा उभिएको हुनाले कानूनमा लेख्दा पनि त्यसलाई आधारभूत तह लेखौँ। बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ।’

मन्त्री लेखकले यी तहका प्रहरी कर्मचारीहरुको सुविधालाई विशेष केन्द्रमा राखेर प्रहरी ऐन आइरहेको बताए।

‘नेपाल प्रहरीसम्बन्धी कानूनलाई परिमार्जन गरेर राम्रोभन्दा राम्रो कानून बनाउने हामी सबैको एकै उद्देश्य हो,’ मन्त्री लेखकले भने, ‘नेपाल प्रहरीको सर्विस ल नै यही हो।’

सरकार प्रहरी ऐनलाई खुला रुपमा संवाद गरेर यो कानूनलाई सबैभन्दा राम्रो बनाउने गरेर निष्कर्षमा पु¥याउन तयार रहेको उनको भनाइ छ।

‘नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पूरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गर्दादेखि निवृत्त हुँदासम्म सम्पूर्ण वृद्धिविकासलगायतको विषय राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो,’ लेखकले भने, ‘नेपाल प्रहरीको कानून यो देशको सबैभन्दा पुरानो मध्येको कानून हो। अहिलेसम्म समयसापेक्ष परिमार्जनज गरेर नयाँ ल्याइएको छैन्। यही अधिवेशनमा प्रस्तुत गर्ने गरेर प्राथमिकता दिएर अगाडी बढाइदिन हुन अनुरोध गर्न चाहन्छु।’

प्रकाशित: १५ असार २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast