फाइल तस्बिर
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्यहरुले पतञ्जली जग्गा प्रकरणमा आफ्ना अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन्।
शनिबार काठमाडौँमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोश्रो दिन धारणा राख्ने सदस्यहरुले प्रतिशोधका आधारमा अध्यक्ष नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन्।
साथै उनीहरुले सोहि मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए।
बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको विषय, सांगठानीक कार्य लगायत सातवटा एजेण्डामाथि छलफल भइरहेको उनले बताए।
सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने पाण्डेले जानकारी दिए।
प्रकाशित: १४ असार २०८२ १५:१५ | Saturday, June 28, 2025
प्रतिक्रिया



