
काठमाडौँ- गायिका सुमी पराजुलीको स्वरमा ‘ढाँट्यो मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एसपी क्रिएसनको ब्यानरमा निर्माण भएको भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
दीपकराज विश्वकर्माको शब्द, संगीत र संगीत संयोजनमा बनेको छ। मुस्कान ढकालको कथा र निर्देशनमा बनेको गीतको भिडियो दीपक गिरीले छायांकन गरेका हुन्।
भिडियोमा अलिशा बास्तोला र गौरव हमालको अभिनय छ। प्रेम र विछोडको मार्मिक कथामा आधारित भिडियोमा गाउँकाे परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण देख्न सकिन्छ।
मुस्कान ढकालको कथा र निर्देशनमा बनेको गीतको भिडियो दीपक गिरीले छायांकन गरेका हुन्।
यस्तो छ गीत
प्रकाशित: १३ असार २०८२ १७:२९
प्रतिक्रिया