नुवाकोटको बस्तीमा बाढी : एक बेपत्ता, एक घाइते

हिमाल प्रेस १३ असार २०८२ १३:३६ | Friday, June 27, 2025
नुवाकोटको बस्तीमा बाढी : एक बेपत्ता, एक घाइते

नुवाकोट- अबिरल वर्षासँगै आएको बाढीले ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिला बेपत्ता भएकी छन्।

बिमचा खोल्सी (कोल्पु खोला) मा आज विहान आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

उनको अनुसार लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो। हाल उनको खोजी भइरहेको छ। बाढीका कारका श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको र उपचारका लागि काठमाडौँ पठाइएको छ।

बाढीले थप तीनवटा गोठमा पनि क्षति पुर्‍याएकाले पशुचौपाय क्षतिको विवरण आउन बाँकी रहेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए।

बेपत्ता महिलाको खोजी, बस्तीमा पसेको बाढी नियन्त्रण र पुरिएका पशुचौपायको उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयले प्रयास जारी राखेको जनाइएको छ।

प्रकाशित: १३ असार २०८२ १३:३६ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast