खामेनेईको चेतावनी – इरानमाथि आक्रमण भए ठूलो मूल्य चुकाउनुपर्छ

हिमाल प्रेस १२ असार २०८२ २१:०६ | Thursday, June 26, 2025
खामेनेईको चेतावनी – इरानमाथि आक्रमण भए ठूलो मूल्य चुकाउनुपर्छ तस्बिर : एफपी

काठमाडौँ- इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनेईले इरानमाथि आक्रमण भए आक्रमणकारीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अमेरिकाले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेपछि खामेनेईले पहिलोपटक भिडियो सन्देश जारी गरेर यस्तो चेतावनी दिएका हुन्।

उनले भनेका छन्,‘यदि इरानमाथि आक्रमण भयो भने दुश्मन र आक्रमणकारीले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

खामेनेईले त्यस क्षेत्रमा रहेका अमेरिकी सैन्यस्थलहरूमा पनि आक्रमण चेतावनी दिएका छन्।

उनले भिडियो सन्देशमा भनेका छन्,‘ट्रम्पले इरान आत्मसमर्पण गर्छ भनेका थिए। तर, त्यो त सानो मुखले ठूलो कुरा बोलेजस्तो हो।’

खामेनेईको यो टिप्पणी इरान र इजरायलबीच १२ दिनसम्म चलेको युद्ध अन्त्य भएको दुई दिनपछि आएको हो।

इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ६२७ जना सर्वसाधारणको मृत्यु भएको छ। त्यस्तै इरानको आक्रमणमा परी इजरायलमा २८ जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित: १२ असार २०८२ २१:०६ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast