सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

हिमाल प्रेस १२ असार २०८२ १७:५१ | Thursday, June 26, 2025
सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाई समितिमा सात उजुरी परेको छ।

संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति इश्वरी देवी न्यौपानेले जानकारी दिइन्।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ।

सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्त विरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग समबन्धि दुई वटा उजुरी परेको छ।

शुक्रवार उजुरीकर्तासँग छलफल गर्ने र १५ गते सुनुवाई गर्ने समितिले जनाएको छ। उजुरीकर्तालाई समितिको बैठकमा आमन्त्रण गरिएको थियो।

प्रकाशित: १२ असार २०८२ १७:५१ | Thursday, June 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast