स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको हो : गृहमन्त्री लेखक

हिमाल प्रेस १० असार २०८२ १५:५६
10
SHARES
स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको हो : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको बजेट सीमित स्रोतमा आधारित रही प्राथमिकता निर्धारण गरेर विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले गृह मन्त्रालयका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ८ अर्ब २४ करोड ८५ लाख विनियोजन गरिएको जानकारी दिए।

बजेटमध्ये सामाजिक सुरक्षा तथा संरक्षणमा मात्र १०९ अर्ब (५२.३%) छुट्याइएको छ। सुरक्षा निकायका तलबभत्ता र पूर्वाधारका लागि ठूलो रकम आवश्यक पर्ने बताउँदै उनले नेपाल प्रहरीका लागि ३५ करोड १० लाख र सशस्त्र प्रहरी बलका लागि २१ करोड ५ लाख विनियोजन गरिएको उल्लेख गरे।

भूकम्प पीडित राहत र पुनःस्थापनामा ७४ हजारभन्दा बढी घरधुरीको क्षति आकलन पूरा भएको र विभिन्न जिल्लामा ६ अर्बभन्दा बढीको राहत रकम वितरण भइसकेको जानकारी उनले दिए।

राष्ट्रिय परिचयपत्र, कारागार सुधार, विपद् व्यवस्थापन, सुरक्षा संयन्त्र सुदृढीकरण र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो। उनले स्रोतको सीमाले धेरै काम छुटेको स्वीकार गर्दै क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने नीति लिएको बताए।

प्रकाशित: १० असार २०८२ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast