कोशी राजमार्गमा पहिरो

हिमाल प्रेस १० असार २०८२ ११:४०
18
SHARES
कोशी राजमार्गमा पहिरो फाइल तस्बिर

सङ्खुसवासभा- सुक्खा पहिरोका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए।

आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो। जसका कारण खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए।

फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।

प्रकाशित: १० असार २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast