ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ लोकार्पण

हिमाल प्रेस ८ असार २०८२ ११:०१ | Sunday, June 22, 2025
ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ लोकार्पण

काठमाडौँ- ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा उपन्यासकार अमर न्याैपाने, पत्रकार/समीक्षक राजकुमार बानियाँ, पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, कवि तथा आख्यानकार हेम प्रभासले पुस्तक लोकार्पण गरेका हुन्।

पुस्तकको भाषा प्रस्तुति राम्रो लागेको भन्दै  उपन्यासकार तथा प्रा. अमर न्यौपानेले प्रेमील उपन्यासमा विदेशी परिवेशको सुन्दर चित्रण गरेको बताए।

समीक्षक बानियाँले युवापुस्ता केन्द्रित उपन्यासमा सकारात्मक सन्देश र तेस्रो पुस्ताको प्रयासबाट पारिवारिक मिलन भएको बताए। त्यस्तै पत्रकार सापकोटाले उपन्यास अहिलेका युवापुस्ता जेन जी पुस्ताको लागि लेखिएको जस्तो लागेको बताए। उपन्यास
युवापुस्तालाई मात्र नभइ सबै पाठकका लागि पठनयोग्य रहेको उनको बुझाइ थियाे।

त्यस्तै, अभिनेत्री अधिकारीले उपन्यास एकै बसाइमा पढेर सकेको र पढ्दा फिल्म हेरेजस्तो रोमाञ्चित बनाएको अनुभव सुनाइन्। अबको आफ्नो युरोप भ्रमणमा उनले उपन्यासमा चित्रण गरेका ठाउँहरु पनि पुग्ने सोच पलाएको उनले सुनाइन्। लेखक धमलाले पुस्तक पढेर पाठकलाई सल्लाहसुझाव दिन अनुरोध गरे।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ५९५ रूपैयाँ रहेको छ।

प्रकाशित: ८ असार २०८२ ११:०१ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast