सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

हिमाल प्रेस ७ असार २०८२ १६:११ | Saturday, June 21, 2025
सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

सर्लाही– बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्।

सडक विस्तारका विषयमा विवाद भएपछि ढुंगा हानाहान भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए।

घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ। दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाहा, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाहा र ३५ वर्षीय उमेश महतो घाइते भएका छन्।

घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

झडपमा संलग्न भएको अभियोगमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: ७ असार २०८२ १६:११ | Saturday, June 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast