चितवनमा माइक्रोबस र बस ठोक्किँदा सात जनाको मृत्यु

हिमाल प्रेस ७ असार २०८२ १५:३५
44
SHARES
चितवनमा माइक्रोबस र बस ठोक्किँदा सात जनाको मृत्यु

काठमाडौँ– चितवनको राप्तीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २५ भन्दा बढि घाइते भएका छन्।

चितवन राप्ती–४ पुर्व पश्चिम राजमार्गको खहरेपुलमा इभी माइक्रोबस र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो।

धनगढीबाट कांँकडभिटा तर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गइरहेको बागमती प्रदेश ०३–००१–ज २९९ नम्बरको इभी ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये मकवानपुर हटिया बस्ने सोम प्रसाद रुपाखेती, हेटौँडा बस्ने मैंया कुमारी न्यौपाने पहाडीको पहिचान खुलेको छ भने अन्यको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

दुघर्टनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुर लगाएतका अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ७ असार २०८२ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast